काठमाडौँ, ११ असोज |

सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताउनुभएको छ ।सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उहाँले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन पद्धति सञ्चालनको ध्येय राखिएमा त्यो सफल नहुने बताउनुभयो ।गोप्य राख्नुपर्नेबाहेकका सूचना राज्यका सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ । यसको दुरुपयोग हुनबाट पनि जोगिनुपर्छ ।”संविधानले परिकल्पना गरेको सूचनामा आधारित जनताको सहभागितामूलक पारदर्शी शासन पद्धतिबाट जनतालाई सेवासुविधा दिन आग्रह गर्दै उहाँले सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा महासङ्घको विशेष भूमिकाको अपेक्षा पनि गर्नुभयो कार्यक्रममा सूचनाको हकमा आमनागरिकको पहुँच वृद्धिका सवालमा नागरिक क्षेत्रका संस्थाका प्रमुख र विज्ञबीच छलफल जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here