विराटनगर,७,असोज  ।

सिल प्याक गरेर बिक्रीका लागि बजारमा पठाएको ग्यास सिलिण्डर खाली भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।मोरङको बुढिगंगामा रहेको कोशी ग्याँस उद्योगले बिक्रीका लागि बजार पठाएको सिलप्याक सिलिण्डर खाली भेटिएपछि आइतबार दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।विराटनगर–९ ट्राफिक चोकमा उपभोक्ताले खरिद गरेको सिलप्याक सिलिन्डर खाली भेटिएको थियो ।विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट खरिद गरेको ग्यास सिलिण्डर खाली भएको पाएपछि उपभोक्ताले वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयमा गुनासो गरेका थिए ।कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार अनुगमन गर्दा गडबढी देखिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।उद्योगले लापरवाही गरेको देखिएपछि जरिवाना गरेको बस्नेतले बताए । डिलर सञ्चालक केशव श्रेष्ठले उद्योगबाट आएको शिलप्याक ग्याँस आफूले बिक्री गरेको बताएका छन् ।कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले उद्योगबाट सही तरिकाले उद्योगले बजारमा सिलिण्डर पठाएको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here