रौतहट ।
गौर नगरपालिकाले आयोजना गरेको कर्मचारीहरु संग नगरप्रमुखको चियापान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाको पुरानो नगरपालिका भएतापनि अरु न पा भन्दा बजेट कम भएकोले कर्मचारीहरुलाई समयमा तलब खुवाउन पनि अप्ठेरो परेको, कर्मचारी बर्गहरुबाट समयमा राजस्व संकलन नगरेको नभएका कारण झन समस्या सृजना भएको निष्कृष कार्यक्रममा आएको हो।
गौर नगरपालिकाको पुरानो भवनको तथा बस स्टैण्ड निर्माण नगर विकास कोषबाट भएको र त्यसको किस्ता नगरपालिकाले अहिलेसम्म पनि तिरी राखेकोले त्यो पनि थप आर्थिक भार बेहोर्नु परेको कार्यक्रमबाट खुल्न आएको हो।
गतबर्ष देखि संघीय सरकारले बजेटमा कटौती गरेकोले कार्यालय संचालन गर्न बिकासका गतिविधिहरु समेत प्रभावित बनेको छ । आम्दानीको मुख्य स्रोत बस स्टैण्ड भएतापनी नगर बिकास कोषको बर्सेनि किस्ता ४५लाख तिर्नुपर्नेले नपालाई समस्याग्रस्त बनाएको छ। तैपनी विभिन्न संघ संस्था तथा संघीय र प्रादेशिक सरकार संग समन्व्य गरी बजेटको ब्यवस्थापन गरि नगरपालिकालाई उत्कृष्ट बनाएको खुल्ला कार्यक्रममा उल्लेख भएको छ।
नगरप्रमुख शम्भु साह कार्यालयबाट सुचारु हुने सेवा र सुविधाहरु सेवाग्राहीहरुलाई समयमै उपलब्ध गराउन निर्देशन गर्दै आ आफ्ना कर्तव्य निर्वाह गर्दै नगरवासीहरुलाई समयमै सेवा दिई नगरलाई समृद्ध बनाउन सबै कर्मचारीहरुलाई आग्रह गरेको छन्।