ओम प्रकाश यादव
रौतहट, असोज।
वृन्दावन नगरपालिका, रौतहटमा यतिखेर टावर लाइट जडान कार्य धमाधम भइरहेको देखिएको छ ।
नगर प्रमुख विनोद प्रसाद कुर्मीले नगरपालिकालाई उज्यालोमय बनाउन नगरको मुख्य मुख्य चोकहरुमा टावर लाइट जडान कार्य शुरु गरेका हुन।
हर्षाहा, गढिमाई चौक, प्रहरी चौकी हर्षाहा, धमौरा चौक, बहुअरि, भुषहाको मदरसा र वृन्दावन नगर कार्यापालिका कार्यालय विश्रामपुर अगाडि पोल ठड्याएर लाइट लगाउने कार्य जारी छ ।
पालिकाको शहरी तथा ग्रामिण भेगलाई उज्यालो बनाउने उद्देश्यका साथ नगरपालिकाले चालु आर्थिक वर्षदेखि ‘उज्यालो वृन्दावन’ भन्ने अभियान सञ्चालन गरेको नगर प्रमुख विनोद प्रसाद कुर्मीले जानकारी दिए ।
चालु आर्थिक वर्षको नगरस्तरीय ४० लाखको लागतमा नगरको महत्वपूर्ण ठाउँहरुमा आधुनिक ‘टावर लाइट’ जडान गर्न लागिएको नगर प्रमुख कुर्मीले बताए ।
आफनो कार्यकाल अवधिमा वृन्दावन नगरभित्र अरु ठाउँहरुमा समेत समय अनुसार स्वचालित एवं अत्याधुनिक टावर तथा रोड लाइट जडान गरी उज्यालो नगर बनाउने आफ्नो लक्ष्य रहेको नगर प्रमुख कुर्मीले बताए । नगरभित्र पहिलो पटक टावर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here