काठमाडौं,१९,भदौ  ।

नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका छन् ।अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी खेलाडी, बिजेन ईन्टरप्रेनर र भलिबल प्रेमीको सहयोगमा नेपाल भलिबल संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक घोषणा गर्दै खेलाडीलाई पहिलो पारिश्रमिक वितरण समेत गरेको छ ।संघले महिला तथा पुरुष राष्ट्रिय टिमका १२-१२ गरी २४ जनालाई ५-५ हजार प्रदान गरेको छ ।अमेरिकामा रहेका दाताहरुले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तलब संघको खातामा पठाइसकेका छन् ।संघले मंगलबार तीन महिनाको एकमुष्ट तलब जनही १५ हजारका दरले खेलाडीलाई वितरण गरेको हो । संघले २४ खेलाडीका लागि तलब दिने छ ।नेपाल भलिबल संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ ।पहिलो मासिक तलब बुझेपछि खेलाडीहरुले खुसी व्यक्त गरे । महिला टिमकी कप्तान अरुणा शाहीले भनिन्, ‘मैले खेल्न थालेको १४-१५ वर्ष भयो, पहिलो पटक यस्तो काम भएको छ ।’पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठले नेपाली भलिबलका लागि यो ऐतिहासिक दिन रहेको बताए ।खेलाडीलाई तलब दिने भलिबल संघ चौथो हो । यसअघि फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् । बुद्धीचालका पुरुष र महिलातर्फका नम्बर वान् खेलाडीले पनि मासिक तलब पाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here