७ भदौ, काठमाडौं ।
ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारी साक्षी बनाइएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले चैत २०६६ मा प्रधानमन्त्री निवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेस हुनुअघिसम्म त्यसबारे विस्तृत विवरण आफूलाई थाहा नभएको बताएका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सँग ‘कागज गर्ने’ क्रममा उनले आफू प्रधानमन्त्री हुनुअघि नै प्रधानमन्त्री निवास परिसर बिस्तार गुरुयोजना तयार भएको र त्यसबारे आफूलाई विस्तृत जानकारी नभएको दावी गरेका हुन् । ‘म नेपालको प्रधानमन्त्री पदमा बहाल हुनुभन्दा अघि नै प्रधानमन्त्री निवास परिसर बिस्तार गुरुयोजना तयार भइसकेको रहेछ,’ उनले बयानमा भनेका छन्, ‘मेरो कार्यकाल अघि नै गुरुयोजना तयार भइसकेको हुँदा सो सम्बन्धमा विस्तृत जानकारी मलाई भएन ।’








