अखिलेश कुमार यादव ।रौतहट ।
प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत आज रौतहटको गौर स्थित श्री अधारभूत विद्यालय बालमन्दिरमा कक्षा ८ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरिएकाे छ ।
प्रदेश नं २ सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादवको प्रमूख उपस्थितामा विद्यालयका छात्रालाई ४६ वटा साइकल वितरण गरिएको हो । बाकि रहेको छात्राहरुलाई पनि चाडै नै साइकल बितरण गरिने बिद्यालयले जनाएको छ ।
दक्षिण एसियामा महिलालाई हेर्ने दृष्टिकोण र लैंङ्गिक विभेद्ता जस्ता समस्यालाई समाधान गर्न लैंङ्गिक सामान्ता ,छोरीलाई पठनपाठनको निम्ति प्रोत्साहन गर्नु यो अभियानको मूल उद्देश्य रहेको कृषि राज्यमन्त्री योगेन्द्र यादव बताए ।
उक्त साईकल वितरण कार्यक्रममा गौर नगरपालिकाको नगरप्रमुख अजय कुमार गुप्ता, वडा न ५ को वडा अध्यक्ष रामस्वार्थ राय यादव बिधयालयको प्रधानध्यापक सुमेश यादव गौर नगरपालिकाको शिक्षक संयोजक गणेश गिरि, जसपाको केन्द्रिय सदस्य रेवन्त झा लगाएत शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।







