रौतहट १ कार्तिक ।
रौतहट जिल्लाको फतुवा विजयपुरमा नवनिर्मित दुर्गा भगवति मन्दिरको समुद्धाटन गरिएको छ ।
फतुवा विजयपुरस्थित प्रहरी चौकी दुधिअवा रौतहटको प्राङ्गणमा सो मन्दिर निर्माण गरिएको छ ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाका वडा नं १० दुधिअवा बस्ने गोविन्द खरेल र निजको श्रीमती लक्ष्मी खरेलको सहयोगबाट निर्माण नवनिर्मित दुर्गा भगवती मन्दिरको शनिबार जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शिद्धी विक्रम शाहबाट समुद्घाटन कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिइएको छ ।








