काठमाडौँ, ९ साउन (रासस) |

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज र जनताप्रति पत्रकारिताको ठूलो दायित्व हुने भएकाले आफ्नो धर्म छाड्न नहुने धारणा राख्नुभएको छ । नेपाल प्रेस काउन्सिलले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता कार्यान्वयनको २८औँ शृङ्खलामा अध्यक्ष बस्नेतले समाजप्रति जिम्मेवारी निर्वाह गर्दै पत्रकारिताले आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले राज्य र अन्य निकायले नसुनेका समस्या सञ्चारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।“सरकार र विभिन्न क्षेत्रले नसुनेका कुराहरु सञ्चारमाध्यममा आइदिए हुने थियो भन्ने धेरैको चाहना हुन्छ, सत्य कुरा बाहिर ल्याउनका लागि सञ्चारमाध्यमको भर परेका हुन्छन् । छापा सञ्चारमाध्यमलाई परिष्कृत गर्दै डिजिटल माध्यमलाई समृद्ध बनाउने अवस्थामा आइपुगेको हुनाले अनलाइन पत्रकारितालाई स्वागत गर्नुपर्ने समय भएको उहाँले उल्लेख गर्नुभयो । “डिजिटल मिडियाको विकल्प छैन, पत्रकार को हो ? भन्ने समाजमा प्रश्न उठिरहेको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र हो भन्ने भाष्य स्थापना गर्न जरुरी भएको बताउनुभएको छ । “अन्य क्षेत्रमा पनि श्रमको उचित मूल्य पाएका छैनन्, तर त्यो आवाज उठाउने सञ्चार क्षेत्रमा श्रमको शोषण हुनु हुँदैन ? पत्रकारिताप्रतिको जनविश्वास अझ बढाउने गरी काम गर्नका लागि सञ्चारगृह सञ्चालकलाई आग्रह गर्दै उहाँले पत्रकारिताको स्तर खस्किन नदिने गरी काम गर्नुपर्ने र त्यसका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।सञ्चार संस्था सञ्चालन गर्दा श्रमको सम्मान गर्दे आर्थिकरुपमा सक्षम भएर मात्र सञ्चारमाध्यम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै श्रमिकले काम गरेबापत पैसा लिन अदालतमा मुद्दा हाल्न जानुपर्ने अवस्था सही नभएको उहाँको भनाइ छ ।“मिडियामा काम गर्ने अनि पैसा लिन अदालतमा गएर मुद्दा हाल्नुपर्ने अवस्था छ ।नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय तारानाथ दाहाल र डा महेन्द्र विष्टले पनि पत्रकारले आचारसंहिताको प्रभावकारी कार्यावन्यन गर्नुपर्ने विषयमा आ-आफ्नो प्रस्तुति दिनुभयो ।काउन्सिलले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पालना गराउने उद्देश्य आज ४६ वटा अनलाइनका प्रकाशक र सम्पादकलाई अभिमुखीकरण गराएको छ । काउन्सिलले हालसम्म आठ सय ७६ अनलाइनलाई पत्रकार आचारसंहिताको कार्यान्वयन र पालनाका लागि अभिमुखीकरण गराइसकेको आचारसंहिता अनुगमन महाशाखाका प्रमुख रामशरण बोहराले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here