कलैया, २४ बैशाख
कलैया उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकाश समिती कलैयाको आयोजनामा नगर स्तरिय फुटबल प्रतियोगिता शनिवार कलैया-२२ भोडहा स्थित फुटबल मैदानमा शुरु भएको छ।
खेलकुद प्रवर्द्धनका लागि कलैया उपमहानगरपालिकाले गठन गरेको नगर खेलकुद बिकाश समितिले विभिन्न खेलकुदहरुको प्रतियोगित गर्ने क्रममा फुटबल प्रतियोगिताको आयोजना गरेको हो।
नगर उपप्रमुख रौशन प्रवीनले उदघाटन गर्नु भएको प्रतियोगितामा १२ वटा टिमहरुको सहभागिता रहेको समितिका संयोजक एम.समिउल्लाहले बताए।
उदघाटन समारोहमा सहभागी भएका कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले खेलकुदको माध्यमले आफ्नो पालिकाको नाम देश-बिदेशमा चिनाईने भएकोले खेल क्षेत्रको बिकाशको लागि आफुहरु सदैव तत्परताका साथ काम गर्ने गरेको बताए।
उदघाटन खेल सहयोगी फुटबल क्लब कलैया तथा डि एफ ए क्लब जितपुर सिमराबिच भएको थियो।
उदघाटन कार्यक्रमा बिभिन्न वडाका अध्यक्ष, सदस्य, नगर खेलकुद बिकाश समितिका सदस्य लगायत स्थानिय सहभागी थिए। नकआउटको आधारमा खेलाईने प्रतियोगित एक साता चल्ने आयोजकले जनाएका छन।








