काठमाडौं २५ माघ  ।

नेपाल कम्युनिष्ट पार्टी अब जनतामा गएर जनताको नेतृत्व गर्छ विप्लव नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले विदेशीहरुको निर्देशनमा नेपालका अर्थतन्त्रहरु निर्माण हुने गरेको दाबी गर्नुभएको हो । उहाँले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको बताउनु भयो । महासचिव चन्दले नव उदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरुले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो । उहाँले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरु आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताउनु भयो । उहाँले  थोरै मानिसहरुले अर्थतन्त्र अधिनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने
विप्रेषण बढेको बताउनु भयो । महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवाद भित्र लैजानका लागि रुपान्तरण गर्न आवश्यक रहेको बताउनु भयो । महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिनेगरी अघि बढ्ने बताउनु भयो । उहाँले नेपाली जनताले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आगामी दिनमा जनतामा जाने र जनताको नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीलाई जनआधारित पार्टी बनउनुपर्ने
भन्दै कम्युनिष्ट आन्दोलनलाई कसरी एकतावद्ध गरी परिवर्तनको संवाहकका रुपमा पार्टीलाई उभ्याउने बताउनु भयो । उहाँले विचार मिल्ने र मुद्दा मिलने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य हुने पनि स्पष्ट पार्नुभयो । महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल काँग्रेसले कुुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here