काठमाडौं ।
भारतमा खाना पकाउन प्रयोग हुने एलपी ग्यास सिलिण्डरको मूल्य वृद्धि गरिएको छ ।
सरकारी अधिकारीलाई उद्धृत गर्दै एलपी ग्यासको भाउ प्रति सिलिण्डर ५० रूपैयाँ वृद्धि भएको बिबिसी हिन्दीले जनाएको छ । नयाँ मूल्य मार्ग १ देखि लागू भएको छ । त्यसैगरी १९ केजीको व्यावसायिक ग्यास सिलिन्डरको मूल्य पनि ३५० रूपैयाँले वृद्धि भएको छ ।