रौतहट,१४ फाल्गुन
रौतहट जिल्लाको मौलापुर नगरपालिकाले माधानी महोत्सबको विभिन्न शीर्षकमा हिनामिना गरेको छ । शिवरात्रीका दिन गरीएको माधानी महोत्सबका लागि पैसठी लाख खर्च विवरण रहेको छ ।
फाल्गुन ६ गते का दिन रौतहट जिल्लाको मौलापुर नगरपालिकाले माधानी महोत्सबमा निमन्त्रणा गरेका कलाकार र होटेल, मेस संचालनमा २८ लाख खर्च गरेका छन भने संचारमाध्यमलाई २ लाख ५० हजार दिएको विवरण सार्बजनिक गरेको हो, कुन संचारमाध्यम लाई के कति रकम दिएको हो स्पष्टरुपमा खुलाउन सकेको छैन,भारतीय कलाकारलाई कति परिश्रमिक दिएको, नेपाली कलाकारलाई कति परिश्रमिक दिएको, टिक टक बनाउने लाई कति दिएको हो सो पनि खुलाउन नसकेकोले रकम दुरुपयोग गरिएको बुझिन सकिन्छ। उक्त कार्यक्रममा नगर प्रमुख देखि प्रशासकिय अधिकृत सम्म मिलातोलीमा भएको छ ।