सुनसरी,१४ फाल्गुन।

सुनसरीबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका(३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बराहक्षेत्र १ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान(४ का २८ बर्षीय विश्वराज राई र धरान(१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन ।

अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ गते धरान(११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १ ( ०२ (०४०प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को। ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाइ हिरासतमा लिए थापा अनुसंधन भैरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here