काठमाडौं, १३ फागुन ।

नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । शुक्रबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
त्यसको भोलिपल्ट बसेको शनिबार एमालेले सचिवालयको बैठक बोलाएको थियो । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेको छ ।

अस्थिर हुुनुभयो, बाहृय दबाब थेग्न सक्नु भएन र प्रगतिशील गठबन्धनलाई छाडेर दक्षिणपन्थी गठबन्धनतिर लाग्नुभयो,’ बैठकको निष्कर्ष सुनाउँदै एमालेका एक पदाधिकारीले भने ।यद्यपि एमालेले १० पुसमा बनेको गठबन्धन तोडिएको घोषणा गरेन, बरु त्यो सहमतिअनुसार नै अघि बढ्ने भन्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । ‘सुबासजीको उम्मेदवारी पुस १० को निरन्तरता हो,’ एक पदाधिकारी भन्छन्, ‘१० गते प्रचण्डलाई प्रधानमन्त्री नियुक्ति गर्ने हस्ताक्षर गर्नेए दल र मतदानताहरु कायम रहन्छ भन्ने हाम्रो विश्वास छ ।’

१० पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका थिए । त्यो बेला राष्ट्रपति एमालेले लिने सहमति पनि भएको थियो ।तर माओवादीसँगै जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी शुक्रबार बसेको ८ दलको गठबन्धनमा छन् । र, कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here