काठमाडौं, १३ फागुन ।

नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उमेदवार तय भइसकेका छन्। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। कांग्रेसका पौडेललाई ८ दलको समर्थन छ। एमालेका नेम्वाङलाई कुनरकुन दलले समर्थन गर्छन् भन्ने खुलेको छैन। एमाले सचिव योगेश भट्टराईले आफ्नो उम्मेदवारले जित्ने दावी गरे। इलाम(२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका उनी पूर्व सभामुख पनि हुन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here