२४ माघ, जनकपुरधाम ।

मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रिमण्डलमा सहभागी नभएको नेकपा (माओवादी केन्द्र) अन्त्यमा मधेस सरकारमा सहभागी हुने भएको छ ।

मधेश प्रदेश सरकारका पुर्व मन्त्रि भरतप्रसाद साहले सरकारमा मन्त्रिका लागि आफ्नो नाम मात्र सिफारिस गरेपछि माओवादी बिवादिदा बनेका थिए। विवादमा परेका नेकपा माओवादी उधगो वन तथा पर्यटन मन्त्रालय र राज्यमन्त्री लियर सरकारमा प्रवेस गरेको छ। माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबारन आज दिउँसो १ बजे सपथ लिने कार्यक्रम तोकिएको छ।

यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रीपरिषद हुनेछ। सत्ताको नेतृत्व गरेको जसपाले अर्थ, सामाजिक विकास र खाने पानी तथा ऊर्जा विकास मन्त्रालयसहित तीन मन्त्रालय पाइसकेका छन् ।यस्तै नेकपा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, कानून न्याय तथा प्रदेश मामिला र महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्रालयसहित चार मन्त्राय पाएको छ ।

जनमतले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रयसहित दुई मन्त्रालय पाएको छ भने माओवादी केन्द्रले उद्योग वन तथा पर्यटन मन्त्रालय पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here