रौतहट जिल्लाको माधव नारायण नगरपालिका कार्यालयको पहिलो तल्लाको छ्त ढलान कार्य शुरु भएको छ ।
माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगर प्रमुखको निर्वाचनको बेला जनता विच गरेको प्रतिवद्वता अनुसार आफु निर्वाचित भएको दुई वर्षमै माधव नारायण नगरपालिका कार्यालयको भवन निर्माणका लागि छत ढलान गराउन सफल भएका छन ।माधोपुरमा निर्माण भइरहेको पालिका कार्यालयको पहिलो तल्लाको छत ढालन कार्यको मेयर बैजनाथ प्रसाद यादवले शुरूवात गरेका हुन ।आउदो २०८२ साल बैशाखमा सो पालिका कार्यालयको भवनको उद्घाटन हुने नगर प्रमुख बैजनाथ यादवले बताएका हुन ।बैशाखदेखि माधव नारायण नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने लक्ष्य राखेर भवन निर्माणको काम अहिले द्रुत गतिमा अगाडी बढाइएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताएका छन ।माधव नारायण नगर प्रमुखमा बैजनाथ प्रसाद यादव निर्वाचित भएदेखि नै नगरपालिकामा एकपछि अर्को जनताको चाहना अनुसारको जनमुखि बिकाश निर्माणको कार्यलाई तिब्रता दिएपछि नगरवासी निकै हर्शित भएका छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here