काठमाडौं १४ माघ ।

सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उहाँले ती समस्यालाई संविधान अन्तरगत नै हल गरेर अघि बढन आफूहरु सक्षम रहेको पनि पटकपटक दोहो¥याउनु भयो । शहिद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । संविधान जतिसुकै राम्रो भएपनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाई थियो । उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरुलाई समाधान गर्न राजनीतिक दलहरु र त्यसको नेतृत्व समक्ष रहेको बताउनु भयो । उहाँले नेपालको संविधान शहीदहरुको भावना अनुसार बनेको पनि बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here