६ माघ,काठमाडौँ,    नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताउनु भएका छन । राष्ट्रयालाई हितनहुने , मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन नदिने ,ओलीले बताएका छन।

परराष्ट्र मामिला विभागले शुक्रबारबाट काठमाडौंमा सुरु गरेको दुई दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले दुई छिमेकी मुलुक भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोयाउनु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेको समेत स्पष्ट पार्नु भयो ।

ओली ले भन्नु भयो, ‘हामीले पहिलो कुरा दुई वटा छिमेकीसँग कार्ड खेल्ने होइन भनेर हामीेले भनेका छौं । एउटाको कार्ड अर्कातिर, अर्कोको कार्ड अर्कातिर होइन । सन्तुलित, विश्वसनीय, भरपर्दो, बाहिरबाहिर एउटा भित्रभित्र अर्को क्रियाकलाप, मुखले एउटा व्यवहारले अर्कै अभ्यास त्यस प्रकारको होइन । भरपर्दो, विश्वसनीय, जे भनिन्छ, त्यो गर्ने एउटाको हित, अर्कोको अहित नगर्ने । र, छिमेकमा बसेर छिमेकको अहित गर्ने भनेको त सामान्य घरगाउँमा पनि नमिल्ने वा असल छिमेकी नमानिने कुरा हो ।

व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत अध्यक्ष ओलीले बताउनु भयो । रोजगारी प्रवद्र्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरुका लागि बाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने र सीमा समस्यालगायतका समस्याहरु समाधान हुने गरी परराष्ट्र नीति संचालन गर्न लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here