चिसो अत्यधिक बढेको सङ्गै निस्सहायले जाडोकै कारण अनाहकमा ज्यान गुमाउनु परि रहेका छन । यस्तो बेला नागरिकलाई राज्यको अभिभाकत्वको खाँचो छ । खासगरी तिन तहको सरकारमा आम जनमानसको सुखदुःखमा स्थानीय सरकारले यसमा शीघ्र अग्रसरता लिनुपर्छ तर, अझै पनि कतिपय स्थानीय तहहरु जाडोयाममा के गर्ने भनेर सोचि नै रहेका छन् । जसका कारण नागरिकहरु राज्यविहिनताको अनुभव गरिरहेका छन् तर कटहरियाका नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल भने निसहायका लागि सहारा बनिरहेका छन् ।
रौतहट जिल्लाको कटहरियाका नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालको प्रमुख अध्यकक्षतामा नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमका बिच वडा नं।९ डुमरियाका बिपन परिवार ,गरिब ,अपाङ्ग ,बृद्धबृद्धा ,जेष्ठ नागरिकलाई कम्बल बितरण गरेका छन् ।नगरपालिकाका यस आघि नेतृत्वका पालामा अभिभावकत्व महसुस गर्न नपाएका नागरिक यसपालि हर्षित भयका छन् । गत दुई हप्तादेखि लगातार कठयाङ्गग्रिदो चिसो कुहिरो चलेको चिसो स्याँठले अति बिपन परिवार ,मजदुर ,गरिब ,अपाङ्ग ,बृद्धबृद्धा ,जेष्ठ नागरिक लगायत पशुचौपायाहरुको जिवन कष्टकर बन्दै गईरहेको छ । मेयर जयसवालले आफ्नै वडा बाट सुरुवात गरेको छ । आफ्नो नगरको नागरिक प्रति उतरदायि रहेको हुँदा उनीहरुको जिवज्यानको रक्षा आफ्नो कर्तब्य रहेकोले वुधबार एक कार्यक्रम बिच जैसवालको प्रमुख आतिथ्यतामा कम्बल बितरण गर्नु भएको छन । नगर प्रमुख जयसवालले वार्ड नं १ देखि वडा नं ९ सम्मको जेष्ठ नागरिक ,बिधवा ,एकल महिला र पुर्ण रुपले अपाङ्ग रहेकाहरुलाई कम्बल बितरण गर्न निर्देशन दिइएको छ ।
जैसवालले वुधबार डुमरियाका ६०जना जेष्ठ नागरिक ,बिधवा ,एकल महिला र पुर्ण रुपले अपाङ्ग ,अशक्त चिसोले अति प्रभावित ब्यक्तिहरुलाई कम्बल वितरण गर्नु भएका छन ।कम्बल बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख जयसवालले असाय , गरिब , असक्त , निमुखा परिवारलाई परेको आपतबिपत परेको बेला कुनै पनि समय सहयोग गर्नमा पछाडी नपर्ने प्रतिबद्धता पनि जनाउनु भयो । उहाले आफ्नो नगरको कुनै पनि ब्यक्ति चिसोको कारण अकालमै मृत्यु नहोस भनि उदेश्यले चिसो छल्नका लागी कम्बल बितरण गरेको बताउनु भयो ।
कटहरिया नगरपालिकाको नगर भरीका विकास ,शैक्षिक अबस्था ,स्तरउन्नती ,सडक लगायत स्थानियबासीको ज्यानको रक्षाका लागी बिभिन्न योजना बनाई नगरवासीको सहयोगले कार्यान्वयन गर्दै जाने बताउनु भयो ।








