जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियन, नेपालको केन्द्रीय समितिको राष्ट्रिय महाधिवेशन हुने भएको छ ।संगठनको केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको पदाधिकारी समितिको बैठकले आगामी चैत ७ र ८ गते लुम्बिनी प्रदेशको भैरहवामा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय अध्यक्ष रमेश यादवले जानकारी दिएका छन् ।पार्टीका महासचिव रामकुमार शर्मा, सचिव शैलेन्द्र साह, युवा विद्यार्थी तथा खेलकुद विभागका प्रमुख बिक्की यादवलगायतको उपस्थितिमा सम्पन्न बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक विभिन्न उपसमिति समेत गठन गरेको बताइएको छ ।जसपा नेपालले २०८२ बैशाख मसान्तभित्र अधिवेशन गर्न नसक्ने भ्रातृ संगठनको केन्द्रीय समितिलाई विघटन गर्ने निर्णय गरेसँगै पार्टीसम्बद्ध भ्रातृसंगठनहरु अधिवेशन, महाधिवेशनको तयारीमा जुटेको पार्टीको प्रचार विभाग पूर्ण बस्नेतले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here