काठमाडौं २५ पुस  ।

नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताउनुभएको छ ।  सोमवार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताउनुभएको हो । उहाँले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलवार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताउनु भयो । उहाँले आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरुसँग सहकार्य र एकताको
लागि छलफल र संवादलाई खुला राखेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here