काठमाडौं २१ पुस ।
सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रवारसम्ममा सक्ने भएको छ । न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको छ । बिहीवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको
जानकारी दिनुभयो । उहाँले सरकारमा सहभागि हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको बताउनु भयो । उहाँले सो ड्राफ्टको दफावार छलफल गरी शुक्रवार९भोलि० सम्ममा सबै काम सकिने बताउनु भयो । उहाँले
भन्नुभयो – ‘सरकारको साझा कार्यक्रम मस्यौदा गर्नको लागि कार्यदल गठन भएको कुरा यहाँहरुलाई जानकारी नै छ । हामीहरु बेला–बेलामा कार्यदलको बैठक बसिरहेका छौँ । हाम्रो तयारी कार्य अगाडी बढेको छ । सरकारमा सहभागि हुने
विभिन्न दलहरुको सुझावलाई संगठित गर्दै एउटा ड्राफ्ट हामीले तयार गरेका छौँ । ड्राफ्टलाई दफावार छलफल गर्दै त्यसलाई अन्तिम रुप दिन्छौँ र त्यसलाई हामी प्रश्तुत गर्छौ । आज नै हामी टुंग्याउने तयारीमा थियौँ । ड्राफ्ट सकिइसकेको
छ । त्यसमा छलफल गरेर टुंगो लगाउने कुरा थियो । आज वर्षमान पुनज्यु अलि अस्वस्थ भएर उहाँ बैठकमा आउन सक्नुभएन । त्यसले गर्दा आजको बैठकलाई हामीले भोलि ११ बजेको निम्ति सारेका छौँ । भोलि हाम्रो सबै काम सकिन्छ ।’
बाइट ।।। विष्णु पौडेल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कार्यदलको बैठक शुक्रवार ९भोलि० बिहान ११ बजे बस्नेछ ।







