काठमाडौं २१ पुस  ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनको लागि सरकारले कृषियोग्य जग्गाको खण्डिकरण नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ ।  बिहीवार नेपाल कृषि सहकारी केन्दीय संघको वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय कृषि योग्य जमिनमा पल्टिङ गरी बस्ति बसाउने क्रम बढेको भन्दै सरकारले कृषि उत्पादन बढाउनको लागि जग्गाको खण्डिकरण गरी कृषियोग्य जमिनमा बस्ति बसाउन नियन्त्रण गर्न आवश्यक रहेको
बताउनुभएको हो । उहाँले सरकारको पहिलो काम नै कृषि योग्य जमिनको खण्डिकरण नियन्त्रण गर्ने हुनुपर्ने बताउनु भयो । उहाँले कृषियोग्य जमिनमा बस्ति बसाउनेले नेपालको कृषि क्षेत्रको विकास हुन नसकेको दाबी गर्नुभयो । अध्यक्ष
तिमिल्सिनाले सरकारले स्थानीय नगरपालिका र गाउँपालिकाहरुलाई जग्गाको वर्गिकरण गरेर मात्रै जग्गाको कित्ताकाट गर्न निर्देशन दिएपनि दबाबको कारण काम गर्न नसकेको देखिएको बताउनु भयो । उहाँले सरकारले कृषियोग्य जमिनलाई
खण्डिकरण गर्ने नभएर बचाउनु पर्ने बताउनु भयो ।  अध्यक्ष तिमिल्सिनाले कृषि क्षेत्रमा रहेका कानूनहरु कृषि उत्पादनमा बाधक भए कानून संशोधन गरेर किसानमुखी कानून बनाउनुपर्ने बताउनु भयो । उहाँले किसानमुखी कानून भए मात्रै किसानहरुको हीत हुने दाबी गर्नुभयो । उहाँले नेपाली माटोमा उत्पादन भएका अग्र्यानिक वस्तु प्रशोधन गरेर बेच्नसके
दुनियाका जुनसुकै देशले किन्नसक्ने बताउनु भयो । उहाँले नेपाली कृषि उत्पादनलाई अब अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात
गर्नसक्ने गरी उत्पादनमा वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली उत्पादनहरुलाई अन्य देशले आफ्नो देशमा उत्पादन भएको भनेर कपि राइट गरेको हुनसक्ने भन्दै अब नेपाली उत्पादनलाई नेपालमा नै उत्पादन भएको भनेर
दर्ता गर्न आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here