काठमाडौं ६ पुस ।
नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान शुरु भएको छ । संसदीय दलको नेता चयनका लागि बुधवार बिहान पौने ९ बजेबाट मतदान शुरु भएको हो । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा
र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालय परिसरमा भइरहेको मतदान प्रक्रिया बिहान १० बजेसम्म चल्नेछ । काँग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपछि आज नै मतगणना र निर्वाचन परिणामको घोषणा हुने बताएको छ । नेपाली काँग्रेसले गत निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको थियो ।







