काठमाडौं ६ पुस ।
साताको दुई दिन लगातार रुपमा बढेको नेप्से बुधवार सामान्य अंकले गिरावट आएको छ । बुधवार नेप्से परिसूचक ५।८९ अंक घटेर १८६७।२२ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १।३१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०।११
अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।४० अंकले घटेको छ । बुधवार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलवारको कारोबारमा ९३ करोड भन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये बैंकिङ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक ०।२७ प्रतिशत बढेको छ । त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ । बुधवार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बुधवार एनआईसी एशिया बैंकले ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।।