काठमाडौं ३ पुस ।
काठमाण्डौको अनामनगरमा महानगरको ज्यादती विरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन् । आईतवार काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाईकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् । निजी निवास अगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमति विपरित महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए । स्थानीयले महानगरले नीजी सम्पतीको प्रयोग गर्न पाउने संविधान प्रदत्त अधिकार प्रयोगमा अवरोध श्रृजना गरेको भन्दै महानगरको कार्यबिरुद्ध नाराबाजी
गरेका थिए । स्थानीयको बिरोधका कारण अनामनगर क्षेत्रको यातायात केही समय तनावग्रस्त बनेको थियो । एक सर्वसाधरणले महानगर पालिका र ट्राफिक प्रहरीबीचसमन्वय बिना जनतालाई महानगरले दुःख दिने काम गरेको भन्दै बिरोध गरेका थिए । उहाँले महानगरले राजश्व उठाउने बहाना बनाउँदै गलत काम गरिरहेको बताउनु भयो
। स्थानीयहरुले महानगरको गाडी नियन्त्रणमा लिए पछि महानगरले प्रहरी परिचालन बलप्रयोग गर्दै सवारी साधन उठाएर लगेको छ ।







