अग्नी मोटोइंकलले नेपाली बजारमा १२५ वर्षको इतिहास भएको विश्व प्रसिद्ध फ्रेन्च मोटोसाइकल प्यूजो ल्याएको छ ।
मंगलवार एक विशेष कार्यक्रमका बीच उक्त फ्रेन्च मोटोसाइकल प्यूजी सार्वजनिक गरिएको हो ।
उक्त कार्यक्रममा संचारकर्मिसँग कुरा गर्दै नेपाल अग्नि मोटोइक अग्नी ग्रुपको सहायक कम्पनीले स्थानीय नयाँ युगको शुरुआत गर्दै नेपाली ग्राहकहरुलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमताको मिश्रण प्रदान गर्ने प्युजो नेपाली बजारमा उपलब्ध हुने अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले बताए ।
उनले भने, ‘प्यूजÞो मोटोसाइकल्स भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतिक हो यी स्कूटर केवल साधन मात्र नभई एक जीवनशैली हुन हामी नेपालमा यस्तो फ्रेन्च अत्याधुनिक प्रविधि र असाधारण प्रदर्शनको स्कूटर ल्याउन पाउँदा खुशी छौं । प्यूजÞो मोटसाइकल्सको नेपालमा प्रवेशले दुई पाङग्रे सवारी साधनको मोबिलिटीमा नयाँ अध्यायको सुरुवात भएको सङ्केत गर्दछ । सुरुमा, काठमाडौं उपत्यकाका बासिन्दाहरूले यी असाधारण अल्ट्रा–प्रिमियम स्कुटरहरूको स्वामित्व र मजा लिन पाउनेछन। यद्यपि, आगामी दिनहरूमा प्युजो मोटरसाइक अन्य मोडलहरुमा ल्याउने समेत योजनामा छौं ।’
१५० सीसी इन्जिन सहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिको साथ सटीक ह्यान्डलिङ भएको यो स्कुटरको मूल्य नेपाली बजारमा ६ लाख बत्तीस हजार रुपैँयामा उपलब्ध हुनेछ । खैरो÷कालो र नीलो÷पहेलो गरी दुई रङहरूमा उपलब्ध छ ।
यस्तै, १२५ सीसी मोटोसाइकल भने नेपाली बजारमा पाँच लाख एकहत्तर हजारमा उपलब्ध हुनेछ । नीलो÷ सेतो, फ्लेमिङ्गो रातो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरी चार रंगमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here