काठमाडौं २० मंसिर  ।

स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ ।  स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताउनु भयो । उहाँले नारायणगोपालको शालिक, प्रतिष्ठान एउटा नाममा मात्रै सिमित नभइ समग्र गीत÷संगीत नै समाविष्ट रहेको प्रतिमूर्तिका  रुपमा चित्रण गर्नुभयो । उहाँले नारायणगोपालले ३० को दशकमा आफूलाई राजेन्द्र थापाको फ्यान हुँ भनेर दिएको सम्मान नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको बताउनु भयो । कार्यक्रममा वरिष्ठ संगीतकार प्रकाश गुरुङले नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुने र शरीरबाट पनि मधुरो आवाज निस्किने भन्दै प्रशंसा गर्नुभयो । उहाँले आफूले देखेका अहिलेसम्मका गायक गायिकाहरुमा त्यो किसिमको कला नपाएको बताउनु भयो । स्वरसम्राट नारायणगोपालको ३२ औं पुण्यस्मृति सभा देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here