काठमाडौं १६ मंसिर  ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कुरालाई महत्वका साथ व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरवको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयहरुले बताएको भन्दै अबका दिनमा संघीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाडौं उपत्यकामा ल्याउन भुमिका खेल्नुपर्ने बताउनुभएको हो । निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरुको चुनावी एजेण्डा मात्रै हो ? भन्नेजस्ता प्रश्न गरेकाले आफूले मेलम्चीको पानी काठमाडौं नआउनुको समस्या बुझ्न मेलम्ची पुगेको बताउनु भयो । बिहीवार मेलम्ची अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संघीय सरकारले अहिले पनि मेलम्चीवासीका समस्या नसुनेको स्थानीयहरुको गुनासो रहेको बताउनु भयो । उहाँले जटिलताको समयमा काम गर्दा पनि कर्मचारीहरुले तलव पाउन नसकेको बताउनु भयो । नेता सिंहले कर्मचारीहरुको तलव र आवश्यक कामहरु अघि बढाउने कुरामा संघीय सरकारले कन्जुस्याँइ गर्नु नहुने बताउनु भयो । उहाँले आफू काठमाडौंबाट पुनः निर्वाचित भएकाले अबको दिनमा संसद र सम्बन्धित निकायहरुमा काठमाडौंमा मेलम्चीको पानी लैजानका लागि दबाब र उचित व्यवस्थाको पहल गर्न लागिपर्ने बताउनु भयो । उहाँले काठमाडौंमा पानी पठाइसकेपछि उठेको २५ प्रतिशत पैसा स्थानीय पालिकाहरुलाई दिनपर्ने र त्यसमा कुनै तलमाथि हुनु नहुने स्थानीय तहको माग रहेको पनि बताउनु भयो । नेता सिंहले संघीय सरकारले चासो नदिँदा अहिले मेलम्चीको पानीको व्यवस्थापन काम चलाउ मात्रै भइरहेको गुनासो स्थानीय तहले गरेको बताउनु भयो । नेता सिंहले मेलम्ची खानेपानी वितरण बोर्डलाई गत आर्थिक वर्षको बजेटबाट नै रद्ध गरिएका कारण कर्मचारीहरुले तलव पाउन नसकेको र बोर्डलाई के गर्ने बारेमा सरकारले निर्णय लिनुपर्ने स्थानीयहरुको माग रहेको बताउनु भयो । उहाँले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेको परियोजनामा सरकारले नै आवश्यक चासो नदिएको देख्दा नतिजा नै दिन नसकी परियोजना प्रभावित बन्ने हो की ? भन्ने डर रहेको बताउनु भयो । नेता सिंहले संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिका सहभागी भइ विज्ञहरुले दिएको सुझावमा छलफल गरी व्यवस्थित तरिकाले पानी वितरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आफू काठमाडौंवासीलाई पानी पिउने वातावरण र व्यवस्था मिलाउन निरन्तर रुपमा चासोका साथ अघि बढ्ने प्रतिवद्धतासमेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here