दोधारा चाँदनी (कञ्चनपुर), ७ मङ्सिर |

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका ६५ वर्षीया नारुदेवी जोशीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।गत कात्तिक १९ मा घर नजिकै मृत भेटिएका जोशीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज स्थानीय महेश डगौरालाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी जोशीको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएपछि डगौरालाई सार्वजनिक गरिएको बताउनुभयो । “डगौरा लागुऔषध प्रयोगकर्ता समेत रहेछन् उनले नारुदेवी एक्लै घाँस काटन जङ्गल जाने क्रममा देखेपछि पिछा गर्दै गएको पुष्टि भएको छ ।वृद्धको हत्यापछि सुन लुटपाट गरेको र सुन बिक्रीका लागि धनगढी पुगुेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । “यसअघि डगौराले साइकल चोर्ने र लुटपाट गर्ने गरेको देखियो । उहाँले हत्या गरेकै दिन डगौराले सुन बिक्री गरेर धनगढीदेखि नेपालगञ्ज हुँदै मुम्बई बैङ्गलोर भागेको बताउनुभयो । धनगढीका तीन पसलमा ४६ हजारको सुन बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । वृद्धको हत्यापछि एक दशमलव ५० आनाको फुली, एक दशमलव ६९को मुन्द्रा र दुई दशमलव ७०० आनाको अर्र्कोे मुन्द्रा लुटपाट भएको थियो । नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बिक्री गर्न सहयोग पुगाउने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन खरिद गर्नेे इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतिलाई आज कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सुनचाँदी पसलधनीले लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले आफतमा सुन बिक्री गर्नुपरेको बताएका थिए ।प्रहरी उपरीक्षक थापाले पाँच जनाविरुद्धमा फरक फरक मुद्दा आकर्षित हुने बताउनुभयो । महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसलधनी विरुद्धमा गैर कानुनी सुन खरिद बिक्रीको मुद्दा लगाउने तयारी गरेको प्रहरीले छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here