काठमाडौं  १० मंसिर, ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम भएको बताउनुभएको छ ।  शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा पनि नाटकको प्रभाव बढी रहेको बताउनु भयो । उहाँले कला र संस्कृतिको माध्यमबाट देश र मानिसलाई जोड्ने आवश्यक कुराहरुको लागि सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपाली रंगमञ्चमा नाट्यमेला, उत्सवहरुको अभाव भइरहेको बेलामा यो महोत्सवले कलाकर्मीहरुलाई उत्प्रेरणा र सहयोगको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नाट्य संस्कृतिको विकास गर्न र यसको स्थायित्व र नाट्यकर्मीको जीविकोपार्जन क्षेत्रलाई समृद्ध बनाउने कुरामा सहयोग प्रतिवद्ध रहेको पनि बताउनु भयो । काठमाडौंमा आजबाट दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ शुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here