काठमाडौं १० मंसिर,  ।

आजबाट काठमाडौंमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ ९निटफेस्ट २०२२० शुरु भएको छ ।  ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने मुख्य नारासहित ९ दिनसम्म चल्ने महोत्सवको आज ९शुक्रवार० बाट शुरु भएको हो । काठमाडौंस्थित मण्डला थिएटरमा नाट्य महोत्सव २०७९ ९निटफेस्ट २०२२० भव्य उद्घाटन भएको हो । भारतकी सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी पनि कार्यक्रममा सहभागी बन्नुभएको थियो । १२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम रहेका छन् । महोत्सवमा विश्वभरबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुने आयोजकले जनाएको छ । महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरुको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै अभिनेता अनुप बरालले पछिल्लो समय नाटकमा अभिनय गर्नेहरु सहजै पाउने गेपनि लेखक पाउन मुस्किल रहेको बताउनु भयो । उहाँले नाट्य लेखनमा उदासिनता र शुन्यता आएको बताउनु भयो । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here