कार्तिक १७ गते । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिहिबार उनीमाथि गोली प्रहार हुँदा उनी घाइते भएका छन् ।

गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३÷४ राउण्ड गोली हानेका थिए ।

पाकिस्तान तहरीक–ए–इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ भने उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।

पाकिस्तानी सञ्चार माध्यमले घटनामा अरु ३/४ जना पनि घाइते भएका जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here