काठमाडौं ३० असोज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पनि उनले बताएकी छन् । आज ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ । सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन् । ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो ।








