काठमाडौं २२ असोज  ।

काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिकाका वडा नम्बर १,२ र ३ का ६ वटा बस्तीहरु क्लाइमेट स्मार्ट गाउँ बन्दै गएका छन् ।  बेथानचोकका कामीखोरिया, मुलडाँडा, चोरण्डे, आहाले कोलकाटे, बोल्दे र च्याम्राङबेसी गाउँ जलवायुमैत्री नमूना गाउँ ९क्लाइमेट स्मार्ट गाउँ० बन्दै गएका हुन् । जलवायु परिवर्तनका असरहरूलाई न्युनिकरण गरी जलवायु प्रविधि
हस्तान्तरण गर्ने उद्देश्यका साथ वि।सं। २०७८ साल फागुनमा यी क्षेत्रलाई जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको थियो । जलवायुमैत्री नमूना गाउँ घोषणा भएसँगै स्थानीयहरुले कृषिलाई प्राथमिकता दिइ काम शुरु गरेका छन् । अहिले स्थानीयहरुले जलवायुमैत्री कृषिका लागि सुधारिएको गोठ, प्लाष्टिक टनेल घरहरु निर्माण गरेर जलवायुमैत्री कृषि उत्पादन शुरु गरेका छन् । प्लाष्टिकका टनेल निर्माण गरी विभिन्न तरकारी, फलफूल, कागती, किबी, गोलभेंडा, लगायत अन्य अग्र्यानिक अन्नबालीहरु फलाउने गरेको बताउनुहुन्छ काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका २, चोरण्डेका अर्जुनप्रसाद तिमल्सिना । उहाँले गाउँमा अहिले सुधारिएको गोठ भएपछि गाईवस्तुहरुको हेरचाहमा सहज भएको प्रतिक्रिया दिनुभयो । उहाँले खेतबारीमा सिंचाई, मलजलका लागि पनि गाईवस्तुको जैविक मलमात्रै प्रयोग गर्ने र खेतीपातीहरु पनि जैविक मलले
फस्टाउने र राम्रो उत्पादन भइरहेको बताउनु भयो । उहाँले आफूसँग कुनैपनि जानकारी नरहेको अवस्थामा ग्रामिण विकास संस्थाले स्थानीयहरुलाई गरेको सहयोगले आर्थिक अवस्थामा सुधार भएको र अहिले घर चलाउन आवश्यक रकम सहजै
पुग्ने गरेको सुनाउनु भयो । त्यस्तै अर्का ६३ वर्षीय स्थानीय वेदप्रसाद तिमल्सिनाको अनुभव पनि अर्जुनप्रसादको भन्दा फरक छैन । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सुधारिएको गोठले गाईवस्तुलाई सहजता मिलेको बताउनु भयो । उहाँले प्लाष्टिकका घरहरुको निर्माणले तरकारी र फलफूल खेती गर्न पाएको उल्लेख गर्दै त्यसलाई चाहिने सिंचाईको व्यवस्था पनि ग्रामिण विकास संस्थाले गरेको र अग्र्यानिक कृषि खेतीका कारण घरखर्चका लागि चाहिने आर्थिकोपार्जन बढेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय लालप्रसाद तिमल्सिनाले ग्रामिण विकास संस्था र गाउँपालिकाको सहयोगमा प्राप्त हाते ट्याक्टरले किसानहरुलाई धेरै राहत पुगेको बताउनु भयो । उहाँले हाते ट्याक्टर नहुँदा दिनरात नभनि काम गर्नुपरेको सुनाउँदै वेदना पोख्दै ग्रामिण विकास संस्थाका प्राविधिक शिवप्रसाद तिमल्सिनाले वर्षातको समयको
पानी संकलन गरी हिउँदे बालीनालीका लागि सिंचाईको व्यवस्था गर्नका लागि ट्याङ्की निर्माण गरिएको बताउनु भयो ।

ग्रामिण विकास संस्थाको कार्यक्रमले पुरुषलाई मात्र होइन महिलालाई पनि सहज बनाएको छ । खेतबारीको काम छिटो सकिँदा पुरुषहरुले घरको काममा महिलालाई सघाउने गर्छन् । घरमा पालेका गाईवस्तुहरुको मलमुत्र सोहोर्नुपर्ने बाध्यता
कम भएको छ । वस्तुहरुका लागि व्यवस्थित सुधारिएको गोठ निर्माण भएको छ । यसले गाईवस्तुमा चिसो हुने, धेरै रोग लाग्ने समस्या कम हुँदै भएका छन् । अधिकांश स्थानीयलाई जलवायु परिवर्तनको वास्तविक परिभााषा के हो थाहा छैन ।
तर सबै अधिकांश गाउँलेहरु जलवायु परिवर्तनका असरसँग परिचित छन् । एक स्थानीय भन्नुहुन्छ, ‘बाली पहिलाको जस्तो अहिले छँदै छैन, देसी मलले माटो खाएको हो कि रु गर्मी अलि बढेको छ, यो धेरै नै चिसो हुने ठाउँ हो पहिला, जौ,
गहुँ यहाँ केही नहाल्दा पनि धुमधाम हुन्थ्यो, अहिले त्यत्ति हुँदैन । मकै चाँडो पाक्न थालेको छ ।’ अहिले स्थानीयहरु धेरै नै खुशी छन् । जीविकोपार्जन गर्न नै धौ–धौ हुने ठाउँमा आफ्नै खेतबारीमा फलाएका फलफूल र तरकारी बेचेर केही रुपैयाँ जोहो गर्न पाएका छन् । हिउँदका लागि सिंचाईको लागि चाहिने पानी ट्यांकी बनाएर वर्षामा जम्मा गरिन्छ । त्यही पानी वस्तुभाउ र अन्नबालीमा हिउँदमा प्रयोग गरिन्छ । पिउने पानीका लागि भने अझैपनि केही समस्या छ । पिउने पानी लिन
अहिले पनि केही समय हिँडेर ल्याउनुपर्छ । नयाँ प्रविधिअनुसार प्लाष्टिकका घरहरू निर्माण भएका छन् । जसमा ईन्सेकनेट, युभि प्लाष्टिक, स्टेकीङ रोप जडान गरिएको हुन्छ । जसले प्लाष्टिकको घरभित्र तरकारीलाई चाहिने आवश्यक
मात्राको जलवायु तयार पार्न सहयोग गर्नुका साथै बेमौसमी तरकारी खेती गर्न सकिन्छ । एउटा प्लाष्टिकको घर निर्माण गर्न करिव एक लाख रुपैयाँ खर्च हुने गरेको ग्रामिण विकास संस्थाका निर्देशक डिएन तिमल्सिनाले बताउनु भयो । उहाँले वडा नम्बर २ का कामीखोरिया, मुल डाँडा, आले कोलकाटे, वडा नम्बर १ का च्याम्राङबेसी गाबिसको ३ वटा वडालाई र वडा नम्बर २ को बोल्दे र चिर्थलीलाई जलवायुमैत्री नमूना गाउँको रुपमा विकास गरिएको बताउनु भयो । यी स्थानमा प्लाष्टिकको पोखरी दिगो नहुने भएकाले अहिले स्थायी पोखरी निर्माण गरेर गाईवस्तुहरुको मलमुत्र जम्मा गर्ने गरेको बताउनु भयो ।

उहाँले दोस्रो चरणमा सिंचाईका कुरामा बढी जोड दिएको र अहिले विशेष गरी स्थायी सिंचाईलाई विशेष ध्यान दिएर काम थालेको बताउनु भयो । नेपालमा जलवायु परिवर्तनका कारण किसानहरू मारमा परेको अवस्थामा जलवायुमैत्री स्मार्ट कृषि गाउँ कार्यक्रमले राहत दिएकोमा स्थानीयहरु खुशी छन् । जलवायुमैत्री कृषिले जलवायु परिवर्तनको यथार्थतालाई स्वीकार गर्दै कृषि प्रणालीलाई परिमार्जन गरी समाधानको उपाय अगाडि ल्याउने निर्देशक तिमल्सिनाको बुझाइ छ । जलवायुमैत्री नमूना गाउँ अहिले देशका विभिन्न प्रदेशअन्तर्गतका विभिन्न जिल्लाहरुमा सफलताका साथ भइरहेको छ । कर्णाली
प्रदेशदेखि लुम्बिनी, वागमती लगायत अन्य प्रदेशमा पनि जलवायुमैत्री नमूना गाउँहरुमा जलवायुमैत्री कृषि उत्पादन भएका छन् । जलवायु अनुकुलन गाउँका लागि पानीमा जलवायु अनुकुलन, कार्वन तथा उर्जामा जलवायु अनुकुलन र कृषिमा
जलवायु अनुकुलन लगायतका विभिन्न सूचकहरुमा काम भइरहेको छ । पानीमा जलवायु अनुकुलनका लागि बलेसीको पानी संकलन, पानी घैंटो निर्माण, प्लाष्टिक पोखरी, साना सिंचाई व्यवस्थापन, सौर्य पानी तान्ने पम्प, सिमसार व्यवस्थापन÷पानीको मुहान संरक्षण लगायतका काम भइररहेका छन् भने कार्वन तथा उर्जामा जलवायु अनुकुलनका लागि सुधारिएको चुल्हो, गोबर ग्यास, बायो ब्रिकेट, कृषिबाट उब्रेको चिज व्यवस्थापन र फोहोर मैलाको व्यवस्थापनका काम भइरहेका छन् । त्यस्तै कृषिमा जलवायु अनुकुलनका लागि सुधारिएको गोठ, गड्यौला मल, जैविक विषदी÷जैविक मल, थोपा सिंचाई, प्लाष्टिक टनेल, फलफूल खेती तथा नगदेबाली रोपण र सुख्खा सहनसक्ने बालीका बीउ विजन उत्पादन एवं निर्माणको काम भइरहेको छ । यसरी जलवायुमैत्री र अग्र्यानिक उत्पादनले बजार पाउनसके र दिगो जलवायुमैत्री समाज निर्माण गर्नसके मानव स्वस्थ्यमा पर्ने असर कम हुनुका साथै जलवायुजन्य परिवर्तनका असरहरु पनि स्वतः कम हुँदै जानेमा कुनै द्विमत
छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here