रौतहट, १८ असोज ।

नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवम प्रदेश सभा सदस्य उम्मेदवार कृष्ण यादवको चुनावी घोषणा पत्रको खाका सार्वजनिक हुने भएको छ । नेपाली काँग्रेस मधेश प्रदेशका मुख्य सचिब सन्तु प्रसाद यादवले प्रदेश सभा सदस्य उम्मेदवार कृष्ण यादवको चुनावी घोषणा पत्रको खाका तयारी अवस्थामा रहि सार्वजनिक हुन लागेको जनाएको छ । रौतहट क्षेत्र नं १(ख) गठबंधनको तर्फ बाट उम्मेदवार रहेको नेपाली कांग्रेस मधेश प्रदेश सभापती यादव चुनाव लड्ने र मुख्यमन्त्रीको सशक्त एवम एक मात्र प्रवल दावेदार रहेको समेत उनले बताएका छन् । गठबन्धनमा कसले टिकट पाउने हो भन्ने गन्धन मन्थन चलि रहेको बेला प्रदेश सभापति यादव नै उक्त क्षेत्रबाट उम्मेदवार रहेकोले यसमा दोधारमा नपर्न जनताहरु संग अनुरोध गर्दै, अब जसपाले गठबंधनको लागि मत माग्न जान समेत अनुरोध गरेको उनको समाजिक संजालबाट प्रष्ट भएको छ । यसको आमनिर्वाचनमा कृष्ण यादव क्षेत्र नं.१को प्रतिनिधी सभाका उम्मेदवार भई जसपासंगको गठबन्धनका उम्मेदवार अनिल झासंग पराजित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here