रौतहट, १८ असोज ।

रौतहटको राजपुर नगरपालिकाको किसान माध्यमिक विधालयमा २ कोठे भवन सिलान्यास कार्य सम्पन्न भएको छ । सोमबार नगरपालिकाको वडा नं.३ अन्र्तगत पर्ने उक्त विधालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ कोठे पक्की भवन निर्माण कार्यका लागि सिलान्यास गरिएको हो ।

श्री किसान माध्यमिक बिधालय, बलुवामा निमार्ण हुने उक्त भवनको सिलान्यास कार्य नगर प्रमुख डाक्ट् राजीक आलमले गर्नु भएको हो । सिलान्यास कार्य पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राजिकले शिक्षा क्षेत्रमा भएको विकृति हटाउन आफु दृढ रहेको बताउनु भयो ।

विधालयको भवन सिलान्यास कार्यको अध्यक्षता विधालयका प्रधानाध्यापकले गरेका थिए भन्ने कार्यक्रममा वड़ा नं. ३ का वडा अध्यक्ष शेख हसीन अख्तर लगायत स्थानियबासीहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here