दायित्व वाङ्मय प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारहरु प्रदान गरेको छ ।शङ्कर कोइराला आख्यान पुरस्कार डा. राजेन्द्र विमल, कुमार–सरस्वती साहित्य पुरस्कार–प्रा.डा. अभि सुवेदी, चूडामणि व्याकरण–कोश पुरस्कार–प्रा.मुकुन्दशरण उपाध्याय रामप्रसाद पन्त वाङ्मय पुरस्कार प्राडा गोविन्दराज भट्टराईलाई अर्पण गर्नुको साथै विभिन्न पाँच कृतिहरू लोकार्पण गरेको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।सोही कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भाषाको संरक्षण गर्नु अति आवश्यक भएको भन्दै पुरस्कृत हुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।यसको साथै, भाषा संस्कृती जस्ता कुराहरु समाजका महत्वपूर्ण आयामहरु भएको भन्दै यसको संरक्षण आगामी सर्जकहरुले पनि गर्नुपर्ने उनको भनाइ छ ।उनले भने, ‘भाषाको संरक्षण गर्नु, यसको जगेर्ना हुनु, आगामी सर्जकहरुले पनि अगाडि बढाउदैँ लैजानु आवश्यक छ । किनभने समय भनेको गतिशिल समाज भनेको परिवर्तनशिल हुन्छ । गतिशिलता र परिवर्तनशिलताको बहाबमा मान्छे बगिरहन्छ जस्तो लाग्छ त्यसकारणले पनि भाषा संस्कृती जस्ता कुराहरु हाम्रा महत्वपूर्ण आयामहरु हुन् ।’

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here