काठमाडौं,१६,असोज  ।

समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ । लगातार २४ घण्टा बसेको बैठकमा सहमति जुट्यो, सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइन्छ,’ नेपाली कांग्रेसका एक पदाधिकारीले भने । सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने सार्वजनिक हुन बाँकी छ । एक उच्च तहका नेताका अनुसार संशोधन गरिएको सूची सभापति देउवाले भनेजस्तै पनि नभएको र नेता शेखर कोइराला समूहले भने जस्तो पनि नभएको बताए । निर्वाचन आयोगमा यसअघि बुझाइएको समानुपातिकको बन्दसूची सच्याउन आज साँझ ५ बजेसम्मको समय तोकिएको छ । सूची संशोधनको क्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम यसअघिको क्रमसंख्याभन्दा तल सारिएको एक नेताले बताए । आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो । तर तल सारेर कति नम्बरमा राखियो भन्ने कुरा भने ती नेताले खुलाएनन् । यसैगरी अखिल नेपाल फुटबल संघ ९एन्फा०का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम बन्द सूचीबाट हटेको छ । यसअघि उनको नाम ३६ औं नम्बर थियो । शेर्पा आफैंले आफ्नो नाम सूचीबाट हटेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला पक्षले बन्दसूचीमा असहमति जनाउँदै संशोधनका लागि दबाव दिएको थियो । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट थियो । कोइराला पक्षले ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here