१७ चैत, काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा खर्चको सीमा धेरै राख्नुपर्ने कुनै कारण नभएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चुनावमा आफू उम्मेदवार भएकोबारे मतदातालाई जानकारी दिन खर्च अपुग भएमा पुनरावलोकन गर्न तयार रहेको पनि बताए ।‘यो आचारसंहितामा जे जे गर्न पाइन्छ भनेर लेखिदिएको छ, त्यो कुरा तोकिएको खर्च अनुसार एउटा अध्यक्षले गर्न सक्दैन भन्ने कहीँ प्रमाण आउँछ भने आयोग पुनरावलोकन गर्न तयार छ’ उनले भने, ‘एउटा (वडा) अध्यक्षले ३ लाख रुपैयाँ खर्च गरेर आफ्नो वडाभित्र गएर म उम्मदवार हुँ, मेरो यो सिद्धान्त र विचार हो मलाइ भोट दिनुस् भन्न सक्दैन भने त्यसका लागि पुनरावलोकन गर्न सकिन्छ ।’

प्रमुख आयुक्त थपलियाले भने, ‘यदि पुग्छ भने पैसा चाहिएको के का लागि को सीधा भनौं, सीधा व्यवहार गरौं ।’उनले चुनाव भड्किलो र महंगो हुँदा लोकतन्त्र खतरामा पर्‍यो पनि भन्ने तर निर्वाचन खर्चको सीमा तोक्दा पनि विरोध गर्नु उचित नहुने बताए । ‘सिद्धान्त, विचार र इमानले जितोस्, मनी र मसल पराजित होस् भन्ने असल मनसायका साथ गरेको कुरा पनि करोड करोडका गफ दिएर निस्तेज पार्ने हो भने लोकतन्त्रप्रतिको ओठेभक्ति मात्र हो’ थपलियाले भने ।उनले जनतामा निहित सार्वभौमसत्ता भनेको पद र पैसाले खरिद गर्ने वस्तु नभएको पनि बताए । आफ्नो सिद्धान्त, विचार, काम र योग्यताप्रति विश्वास नहुनेले मात्र चुनावमा जनताको मत प्रभावित पार्न खोज्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here