१७ चैत, काठमडौं ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गरे ।

‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरुकै अध्यन रिपोर्ट छ । बाहिर ७० प्रतिशत जित्छौ भनेर हल्ला गरिरहनुभएको छ’ उनले भने, ‘एक्लै पनि हामी २०० पालिका जित्छौं । वाम पार्टीमा हामी पहिलो हुन्छौं’ उनले भने ।स्थानीय तह निर्वाचनमा २०७४ सालमा भन्दा अहिले माओवादी केन्द्रको अवस्था सुधार भएको नेता पुनको दावी छ । ‘हामी आफ्नै शक्तिमा भर पर्छौं, हामीले सबै वडाको विश्लेषण गरेका छौँ । खाली गठबन्धन गरेर जित्नेमा मात्रै भर परेका छैनौं’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here