काठमाडौं,१५,असोज  ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ ड्राइभर टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार बुटवल उपमहानगरपालिका-८ का २३ वर्षीय साईमन मल्ल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५१ प ८१९२ नम्बरको मोटरसाइकल शुक्रबार राति  पौने ११ बजे सडकमा हिँड्दै गरेको गाईसँग ठोक्किएर दुर्घटना भएको थियो । मोटरसाइकल चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रण्मा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here