२०७९ असोज १४ । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा
पश्चाताप भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा
सोचे अनुरुप काम हुन नसकेको समेत स्वीकार गर्नुभयो । गण्डकी सरकारले बजेटको बेला सवारी, मालपोत लगायत क्षेत्रमा गरेको कर वृद्धि निर्वाचन मिति
घोषणापछि सच्याएको समेत मन्त्री थापाले बताउनु भयो । उहाँले बजेट निर्माणका क्रममा आफूले कुनै भुमिका नपाएको र आफ्नो मन्त्रालयले पाइरहेको बजेट कटौती गरेको गुनासो गर्नुभयो । उहाँले पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संघीयतापछि पहिलो प्रदेश सरकार भएको कारण केही कमीकमजोरी भएका हुन सक्छन्, तिनलाई सुधारेर आगामी दिनमा अगाडि बढ्ने छौं ।
मन्त्री थापाले प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि हालसम्म खाइपाइ आएको सेवासुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिने गरेकोमा हालसम्मको रकम सार्वजनिक गर्नुभयो ।

वि।सं।२०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैत्रसम्म विकास निर्माण र सामाजिक कार्यमा आफूले ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो । उहाँले प्रदेशसभाको पहिलो वर्ष १० लाख ५४ हजार, दोस्रो वर्ष ९ लाख ३ हजार, तेस्रो वर्ष १२ लाख, ४७ हजार र चौथो वर्ष ११ लाख ३६ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च भएको बताउनु भयो । थापाले सार्वजनिक गरेको विवरणअनुसार वि।सं। २०७४ सालदेखि हालसम्म उनको बैंक खातामा ४० लाख ७१ हजार रुपैयाँ रहेको छ । जुन रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको भएको मन्त्री थापाले बताउनु भयो ।मन्त्री थापाले सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधासामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here