काठमाडौंं,१२,असोज ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम
भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ
। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो
बताउनुभएको हो । अध्यक्ष भट्टराईले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना
गर्नु स्वभाविक भएपनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्ने
बताउनु भयो । उहाँले एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल
संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसंस्कारको रुपमा पछिसम्म स्थापित हुने
बताउनु भयो । अध्यक्ष भट्टराईले विज्ञान र प्रविधिको समयमा पनि चेतनाको
विकास हुन नसक्दा मानिसले संस्कृतिको नाममा विभेदकारी र अवैज्ञानिक कुरा
पछ्याएर बसेको बताउनु भयो ।

अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्ष यता नाम फेरिएपनि विचार
र सिद्धान्तमा विचलन नभएको दाबी गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा
बाबुराम र रविन्द्र मिश्र उस्तै रहेछन् भन्नेकुरा उठिरहेको उल्लेख गर्दै
पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गर्नुभयो ।
उहाँले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड ९सखर० र
गोबर झैँ भएको उल्लेख गर्नुभयो । अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य
समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने
रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी
तयारी गर्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले नेपाल
जस्तो बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जाती, भाषा अनुसारको
पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताउनु भयो ।
उहाँले नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भएको बताउनु भयो ।
अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्तिहरु संकलन गरी
समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here