काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र यूरोको विदेशी विनिमय दर बढ्दा र बेलायती पाउण्ड को विनिमय दर घटेको छ ।  कतारी रियलको खरिद दर स्थिर रहँदा बिक्री दर सामान्य अंकमा बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १७ पैसा र बिक्री दर १७० रुपैयाँ ९३ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here