२०७९ भदौ १५ गते ।
जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटका प्रमुखले गएको आर्थिक बर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रमको रकममा अनियमिता गरेका छन ! वार्षिक स्वीकृत कार्यक्रम पशु पंछी फर्म सुदृधिकरण , गोठ सुधार , भैसी बल्क कार्यक्रमको लागि आएको रकम मा कार्यालय प्रमुख , योजना प्रमुख र लेखपालले संयुक्त रुपमा काम अधुरो तथा पुरानो लाइ नया मानेर अनुगमनको आधारमा भुक्तानी गरी अनुचित लाभ लिएका हुन ! ५० प्रतिशत अनुदानमा संचालन भएको सो कार्यक्रममा रकमको दुरूपयोग भएको हो ! रौतहट जिल्लाको चन्द्रपुरमा बंगुर पालनको भुक्तानीमा नक्क्लि विल प्रयोग भएपनि कार्यालय प्रमुख डाक्टर राम पवित्र दासले योजना प्रमुख वीरेन्द्र पटेलको सिफारिशमा रकम निकासा गर्न लगाएको बुझिएको छ ! गौर नगरपालिका वड़ा नम्बर ८ मा २ लाख भन्दा कमको लागतमा जस्ताको बनाइएको गोठको ४ लाख अनुमान गरी २ लाख भुक्तानी गरिएको छ ! ७० लाखको १ वटा भैसी व्लाक पॉकेट कार्यक्रमको लागि २ वटा सस्था छनौट गरेर रकम निकासा गरिएको बुझिएको छ भने रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मा सञ्चालन रहेको लल्ला पशु फर्ममा पुरानै संरचनाको आधारमा ६ लाख मूल्याङ्कन गरी ३ लाख भुक्तानी दिइएको छ ! तीन लाखमा कर कट्टा गरी लल्ला पशु फर्म लाइ भुक्तानी गरिएको सहायक योजना प्रमुख मदन सिंह यादवले बताएका छन ! लल्ला पशु फर्म का संचालकले कुखुरा , मत्सय , हास् पालनको अनुमति लिए पनि गत बर्ष लगाएको बासको पुरानो घेराबेरा लाइ नया निर्माण गरेको देखाएर रकम निकासा गराएका हुन ! भौतिक सुरक्षा पनि राम्रो देखिएका छन , हास् चरण गर्न राम्रो पोखरि समेत बनाइएको छैन तर पनि कार्यालयले भुक्तानी गरेको स्रोत को भनाइ रहेको छ ! सालको अन्तमा आषाढ़ महीनामा योजनाहरुको धमाधम भुक्तानी गरेका कार्यालय प्रमुख दासले प्रदेश सरकारको बजेट दुरूपयोग गरी बदनाम गर्ने कार्य गरेकोले छानविन गरी कार्यवाही गर्नु पर्ने स्थानीय हरुको मांग रहेको छ ! विहान देखि बेलुका सम्म रक्सीको नशामा रहने गरेका प्रमुख दासले बैठक कोठा प्रतीक्षालय निर्माणमा पनि अनियमिता गरेको बुझिएकोले आषाढ़ महीनामा भुक्तानी गरिएको योजनाहरुको गहन रुपमा छानविन गरी कार्यवाही गर्नु पर्ने अवस्था रहेको छ ! कार्यलय प्रमुख र योजना प्रमुख संग सम्पर्क हुन नसक्दा प्रतिक्रया समावेश गर्न सकिएको छैन !








