भदौ,१४ ,रौतहट ।
रौतहटको गरुडामा चट्याङ लागेर एकै गाउँको तीन जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गरुडा नगरपालिकाको मलाहीटोल गाउँको ३९ बर्षिया सुदनिया देवि सहनी, १७ बर्षिया जगिया कुमारी सहनी र १८ बर्षिया मनिषा कुमारी सहनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले बताएका छन । गरुडा नगरपालिका वडा नम्वर ३ मलाहीटोल गाँउकी तिनै जना धान खेतमा काम गरिरहेको अवस्थामा मंगलवार विहान ७।४० बजेको समयमा चट्याँग लागेर तिनै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो । मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको इलाका प्रहरी कार्यालय गरुडाले वताए । चट्याङ लागेर एउटै गाउँको तिनजनाको मृत्यु हुंदा सिंगो मलाहीटोल गाउँ शोककमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि शैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको इप्रका गरुडाले जनाएको छ ।








