७ भदौ, काठमाडौं

सोमवार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगरप्रहरीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ अण्डरग्राउण्डका पसल हटाउन ‘एक्शन’मा उत्रिनुभएको हो । मेयर साहले घरधनीहरुले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्शा पास गरेपनि घर बनाइ अण्डरग्राउण्डमा पार्किङ नबनाइ पसल राख्न दिएको भन्दै ढलान
भत्काएर पार्किङ खुला गर्नुभएको हो । महानगरपालिकाले ३५ दिनअघि नै
अण्डरग्राउण्डका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न सूचना
निकालेको थियो । तर त्यो सूचना  जारी भएको ३५ दिन बढी हुँदा पनि
कार्यान्वयन नभएको भन्दै मेयर साह आफैं मैदानमा उत्रिनुभएको हो । मेयर
साहले अण्डरग्राउण्डमा पसल गर्ने सबै व्यवसायीहरुलाई तत्काल पसल नहटाए
महानगर आफैँले पसल हटाउने भन्दै चेतावनी दिनुभयो । मेयर शाहले नक्स्शापास
भए बमोजिम घरको अण्डरग्राउण्डमा पसल भए तुरुन्त खालि गरेर पार्किङका लागि
खुला गर्न निर्देशन दिनुभयो । यता,नयाँ बानेश्वर व्यापार व्यवसायी संघका
अध्यक्ष नविन लुर्इंटेलले घरधनीहरुले महानगरमा घरको नक्शा पास गर्दा
अण्डरग्राउण्ड पार्किङको लागि भनिएपनि पसल राख्न दिँदा व्यवसायीहरु मर्काका
परेको बताउनु भयो । उहाँले व्यवसायीहरुले व्यवसाय गरिरहेको स्थानमा एक्कासी
हटाउँदा व्यवसायीको सामान व्यवस्थापन गर्न समस्या भएको बताउनु भयो । उहाँले
घर धनीसँग सम्झौता गरेर व्यवसाय गरेका न्यून आम्दानी भएका व्यवसायीहरुको
विषयमा घरधनी र महानगरले राहत दिनुपर्ने बताउनु भयो ।

अण्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने
सूचनाको म्याद सकिएको छ । म्याद सकिएको भन्दै महानगरले पार्किङ भनेर नक्शा
पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुको अनुगमन, खोजि र कारबाही
शुरु गरेको छ । महानगरले आफ्नो क्षेत्राधिकार भित्र अण्डरग्राउण्ड हटाएमा
शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान भएर सडकमा पार्किङ गर्नुपर्ने
बाध्यता कम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here